राणा, पञ्चायत र राजतन्त्र ढालेको कांग्रेसलाई ओली सरकार ढाल्न गाह्रो छैन : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं संसद्मा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन् । शुक्रबार कांग्रेसनिकट स्थानीय तहका कर्मचारीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । 

सरकारले ल्याएको विधेयकहले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता नै कुण्ठित गर्ने भन्दै देउवाले कुनै पनि हालतमा सो विधेयक पारित हुन नदिने चेतावनी दिएका छन् । कांग्रेसले लोकतन्त्रका लागि राणा, पञ्चायत र राजतन्त्रलाई ढालेको बताउँदै उनले केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या नहुने जिकिर गरे । 

उनले वर्षौंदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीलाई स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने बताए । सरकारले कांग्रेसनिकट कर्मचारीलाई छानीछानी दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गरे । 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको बताउँदै तत्काल ठोस कदम चाल्न सरकारलाई आग्रह गरे । पौडेलले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार छानविन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरे ।  

सरकारले राजनीतिक पूर्वाग्रह साँधेर कर्मचारीमाथि भेदभावको नीति लिएको उल्लेख गर्दै नेता पौडेलले त्यसो नगर्न सरकारलाई सचेत गराए ।





  • प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार १६:१०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया