शिक्षामा सरकारको लगानी वालुवामा पानी : सांसद श्रेष्ठ

काठमाडौं– नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले शिक्षामा सरकारको लगानी वालुवामा पानीजस्तै भएको बताएका छन् । एसइई परीक्षाको नतिजाले शिक्षाको स्तर पटक्कै सुधार हुन नसकेको तथ्य उजागर भएको बताएका छन् । 

७१ प्रतिशत सामुदायिक र २९ प्रतिशत निजी विद्यालयका विद्यार्थी सहभागी भएको परीक्षामा सामुदायिक विद्यालयको नतिजा धेरै नै खस्केको अवस्था रहेको उनले औँल्याएक छन् । निजी विद्यालयका झन्डै १५ हजार विद्यार्थीले उच्च ग्रेड ल्याएकामा सामुदायिक विद्यालयतर्फ जम्मा दुई हजार सात सय ९२ विद्यार्थीले मात्र उच्च ग्रेड प्राप्त गर्नु अत्यन्त दुखद् पक्ष भएको उनको ठम्याइ छ । 

‘समस्याको चुरो पत्ता लागेकै छ, तर यसको समाधानका लागि के सरकार अझै शिक्षामन्त्री गम्भीर हुनुहुन्छ त ?’ प्रश्न गर्दै श्रेष्ठले यसबाट नै शिक्षाको समग्र सुधारको मार्गचित्र तय हुने बताएका छन् । 

शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको बताउँदै उनले भने, ‘वेलैमा सचेत बनौँ र शिक्षाको सुधारका लागि इमानदार प्रयत्न थाल्न ढिलाइ नगरौँ ।’ 





  • प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार १६:३८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया