देशको परराष्ट्र नीति पार्टीपिच्छे फरक हुनुहुँदैन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशको परराष्ट्र नीतिका पार्टीपिच्छे फरक हुन नहुने बताएका छन् । शनिबार परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए उनुभएको हो ।

देशको परराष्ट्र नीतिसम्बन्धी दृष्टिकोण एउटै हुनुपर्ने बताउँदै उनले भने, ‘देशको परराष्ट्र नीति, व्यक्तिपिच्छे, पार्टीपिच्छे फरक हुनुहुँदैन, नेपालले एउटै विदेश नीति बनाएर अघि बढ्नुपर्छ । 

अब नेपालले राजनीतिक कूटनीतिमा मात्र नभई आर्थिक कूटनीतिमा पनि ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले वर्तमान सरकारको मुख्य उद्देश्य देशलाई समृद्धिको बाटोमा तीव्र गतिमा अघि बढाउने भएको बताए ।

नेपालको छिमेक सम्बन्ध विगतमा भन्दा संग्लिएको दाबी गर्दै प्रधानमन्त्री ओलीले राष्ट्र निर्माण, नेपाल एकीकरण र सार्वभौमसत्ताको रक्षाको लागि विगतमा योगदान गर्ने सबैलाई आफूले स्मरण गर्न चाहेको बताए । 

नेपालमा गरिबी अब लामो समय टिक्न नसक्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘गरिबीमाथिको हाम्रो प्रहार तीव्र छ । 





  • प्रकाशित मिति : असार १४, २०७६ शनिबार १५:५६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया