६ फागुन, २०८२ बुधबार
Feb. 18, 2026

जनता अब चनाखो हुनुपर्छ, हामीले नै देश बनाउनुपर्छ : राजेश हमाल

नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिएका छन् । 

झापाको बिर्तामोडमा आज आयोजित ‘इष्टर्न सहारा कम्पनी लिमिटेड’को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अभिनेता हमालले मुलुक निर्माणमा सबैभन्दा ठूलो भूमिका नागरिकले नै राख्ने बताए ।  



‘हाम्रो देश कसैले बनाइदिँदैन, बनाइदियो भने पनि उसको त्यसमा स्वार्थ हुन्छ’, उनले भने, ‘अहिले सबैभन्दा ठूलो शक्ति कसैसँग छ भने त्यो जनतासँग हो ।’ 

देशमा केही भएन सरकारले केही गरेन भनेर गुनासो गर्नुभन्दा सरकारमा जानेहरू जनताबाटै अनुमोदित भएर जाने भएकाले त्यसको भागिदार जनता पनि हुने अभिनेता हमालको भनाइ थियो । 



देशलाई समृद्धिको मार्गमा डोर्याउने नेतृत्व चयन गर्ने जिम्मेवारी जनताकै भएकाले त्यसतर्फ चनाखो हुन उनले आग्रह गरे ।

इष्टर्न सहाराजस्ता कम्पनीको लगानीबाट मुलुक समृद्ध हुने उल्लेख गर्दै उनले भने, ‘यस्ता लगानीले मुलुकमा रोजगार, शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रको विकासमा मद्दत पुग्छ ।’ 

इष्टर्न साहारा कम्पनीका अध्यक्ष महेन्द्र गिरीले स–साना पुँजीलाई एकीकृत गरेर दिगो समृद्धिका हरित ऊर्जामा लगानी गर्ने उद्देश्य कम्पनीले लिएको बताए । 

कम्पनीले जलविद्युत्, सौर्य ऊर्जा, कृषि, पर्यटन, प्रविधि, पूर्वाधारलगायतका क्षेत्रमा क्रमशः लगानी गर्दै जाने योजना रहेको उनले बताए । 



  • प्रकाशित मिति : २७ पुस, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया