विरोधस्वरुप झापामा सडकमै रोपाईं

बिर्तामोड– असार १५ । धान दिवस तथा रोपाईँ दिवसका रुपमा यो दिनलाई मनाइन्छ । केन्द्रका र प्रदेशका मन्त्रीहरु आज विहानैदेखि धान रोप्न र यो दिवस मनाउन खेतहरुमा पुगेका छन् । 

तर, यही दिनलाई झापाका केही बासिन्दाले विरोध गर्ने दिनका रुपमा लिएका छन् । उनीहरुले लामो समयसम्म भत्किएको सडक नबनाएको भन्दै सडकमा रोपाईं गरेर विरोध गरेका हुन् । 

बिर्तामोडबाट भद्रपुर जानो बाटो बिग्रिएको धेरै भइसकेको तर मर्मत नगरिएको भन्दै स्थानीयले सडकमा धान रोपेका हुन् । धान रोपाईं कार्यक्रम सकिएपछि स्थानीयले त्यहाँ नै बसेर दहीच्युरा पनि खाएका थिए ।





  • प्रकाशित मिति : असार १५, २०७६ आइतबार १३:५६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया