काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर काम गर्न इच्छुक रहेको आशय व्यक्त गरेका छन् । आफ्नो कार्यकालमा मुलुकबाट गरिबी र बेरोजगारी अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले त्यसका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका हुन् ।
प्रतिपक्ष–सत्तापक्ष दुवैले गरिबी र बेरोजगारीको सामना गरिरहनुपरेको उल्लेख भन्दै उनले त्यसको अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष कांग्रेस पनि तयार हुनुपर्ने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामको चर्चा नगरे पनि देशका लागि र भोलिका सन्ततिका लागि सबैले आ–आफ्नो ठाउँबाट सकेको योगदान दिन आग्रह गरेका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सुन्दर, सुरक्षित र समृद्ध नेपाल बनाउन सबै लाग्नुपर्ने बताए ।
शिक्षालाई जीवन उपयोगी बनाएर रोजगारीको अवसर सिर्जना गर्दै मुलुकको गरिबी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले बताए । त्यसका लागि सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा विशेष जोड दिइएको दाबी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।