खानेपानी मन्त्रालयको खर्च रकम घटाई एक रुपैयाँ कायम गर्न प्रस्ताव

काठमाडौं– आर्थिक वर्ष २०७४–७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रतिवेदन बैठकमा पेस गरेका हुन् । 

बैठकमा नेपाली कांग्रेसका तर्फबाट सांसद अनिता देवकोटाले ‘विनियोजन विधेयक, २०७६ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकम घटाई एक रुपियाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सरकारले खर्च कटौती नीति लिइरहे पनि खानेपानी मन्त्रालयका पदाधिकारीका लागि पुनः इन्धनको व्यवस्था गरिएको भन्दै उनले यस्ता फजुल खर्च गर्न नहुने धारणा व्यक्त गरिन् । 

फजुल खर्च हुनुहुँदैन, मितव्ययिता हुनुपर्छ भनेर अघिल्लो आर्थिक वर्षमा कटौती गरिएको इन्धन खर्च आगामी आर्थिक वर्षमा पुनः कायम गरिएको भन्दै सांसद देवकोटाले भनिन्, ‘उक्त शीर्षकको खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव प्रस्तुत गर्छु ।’
 
देशभरका जनता खानेपानीको समस्या झेल्न बाध्य भएको अवस्था चित्रण गर्दै विकास खर्च र पुँजीगत खर्चतर्फ सरकारको ध्यान जान जरुरी भएको बताइन् । 





  • प्रकाशित मिति : असार १५, २०७६ आइतबार १५:५८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया