नेपाली महिला राष्ट्रिय क्रिकेट टिम आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत बिहीबार दोस्रो खेल खेल्दै छ ।
नेपाल आफूभन्दा बलियो राष्ट्र नेदरल्याण्ड्सको सामना गर्न लागको हो । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल १८ जनवरीमा थाइल्याण्ड विरुद्ध खेलेको थियो, जहाँ ऊ ८ विकेटले पराजित भयो ।
नेपाल अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा थाइल्याण्डसँग लगातार आठौँ पटक पराजित भएको हो । आज हुने दोस्रो खेल नेपालका धेरै महत्वपूर्ण छ । खेलमा पराजय बेहोरेको खण्डमा नेपालको विश्वकप यात्रा लगभग टुंगीनेछ । पहिलो खेलमा फराकिलो अन्तरले पराजित भएको नेपालको नेट रनरेट पनि खराब छ ।
यसैबीच आज बिहीबार हुने खेल जित्न सक्ने टोली, दुई टिमबीचको विगत र नेपालले खेल जित्नै पर्ने खेलबारे चर्चा गर्दैछौँ ।
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर छनोट अन्तर्गत नेपाल बिहीबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल कीर्तिपुस्थित त्रिवि क्रिकेट स्टेडियममा बिहान ९ बजेदेखि सुरु हुने तालिका छ ।
नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेदरल्याण्ड्ससँग विजयी हासिल गर्न सकेको छैन । उसले तीन खेल खेल्दा तीनैमा हार बेहोरेको छ ।
गतवर्ष कीर्तिपुरमै आयोजना भएको टी–२० त्रिकोणात्मक श्रृंखलामा नेपाल र नेदरल्याण्ड्स पहिलो पटक आमनेसामने भएका थिए । त्यसबेला नेदरल्याण्ड्ससँग तीनै खेलमा जित विहीन बनेको नेपाललाई बिहीबार हुने खेलमा सानदार कमब्याक गर्दै पहिलो जित निकाल्ने मौका छ । विश्वकप छनोटका आधारले पनि नेपालले यो खेल जित्नै पर्ने दबाब छ ।
तर सानदार लयमा रहेको नेदरल्याण्ड्स विरुद्ध खेल जित्न त्यति सजिलो छैन । उसले जारी प्रतियोगितामा दुई खेल खेल्दा दुवैमा जित हासिल गरेको छ । उसले विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेलाई २२ रन तथा दोस्रो खेलमा स्कटल्याण्डलाई ७ रनले पराजित गरेको थियो । नेदरल्याण्ड्स आइतबार हुने आफ्नो तेस्रो खेलमा पनि नेपाललाई पराजित गर्दै ६ अंकका साथ एक खेल अगाडि सुपर सिक्समा प्रवेश सोचमा हुनेछ ।

पहिलो पटक टी–२० विश्वकप ग्लोबल छनोटमा प्रवेश भएको नेपाललाई पहिलो पटक विश्वकपमा स्थान बनाउने दौडमा जिवितै रहन भोलि हुने नेदरल्याण्ड्सविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।
प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ, जहाँबाट दुवै समूहका शीर्ष तीन–तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । यहाँबाट पनि शीर्ष चार टोली आसन्न संस्करणको टी–२० महिला विश्वकपमा स्थान बनाउने छन् ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ रहेको छ । सुपर सिक्समा सिधै प्रवेश गर्न नेपालले समूह चरणमा बाँकी तीन खेल जित्नुपर्छ । नत्र भने उसले कम्तीमा पनि दुई खेल आफ्नो पक्षमा पार्नुपर्छ त्यो पनि राम्रो रन रेटकासाथ । पहिलो खेलमा खराब प्रदर्शन गरेको नेपाल आइतबार उत्कृष्ट कमब्याकको लक्ष्यमा हुनेछ । भोलिको खेलमा पनि जित हासिल गर्न नसके नेपालको विश्वकप यात्रा लगभग समाप्त हुनेछ ।
थाइल्याण्डसँगको खेलमा पहिला ब्याटिङ गरेको नेपालले राम्रो सुरुवात गरेको थियो । ओपनिङ ब्याटर सम्झना खड्का उत्कृष्ट लयमा थिइन् । तर, मिडल अडर्र नचल्दा नेपालको पारी १ सय २२ रनमै समेटियो ।
खेलमा ठिकठाक बलिङ गरेको नेपालले फिल्डिङमा भने खराब प्रदर्शन गर्याे । नेपालले समूह चरण पारी गरी सुपर सिक्समा स्थान बनाउन बाँकी खेलहरुमा ब्याटिङ, बलिङ र फिल्डिङमा सुधारिएको प्रदर्शन गर्न आवश्यक छ । तपाईलाई के लाग्छ बिहीबार हुने नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल विजयी हासिल गर्दै विश्वकप छनोटमा आशा कायमै राख्ला ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।