सर्लाहीमा प्रहरीको गोली लागि एकको मृत्यु, ११ घाइते

सर्लाही– सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिबार डुबेर एक बालकको ज्यान गएपछि स्थानीयले त्यसको विरोधमा आइतबार प्रदर्शन गरेका थिए । 

झडपका क्रममा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको छ भने आठ प्रहरी र ३ जना प्रदर्शनकारीसहित ११ जना घाइते भएका छन् । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।   

ईश्वरपुर नगरपालिका वडा नम्बर १३ बस्ने लाले रायका १२ वर्षीय छोरा अमीतकुमार यादवको खाल्डोमा डुबेर शनिबार मृत्यु भएको थियो । बालकको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।





  • प्रकाशित मिति : असार १५, २०७६ आइतबार १७:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया