६ फागुन, २०८२ बुधबार
Feb. 18, 2026

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?
फाइल तस्बिर

नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता लालबिक्रम थापाविरुद्ध परेको उजुरीमाथि भने निर्वाचन आयोगले छलफल जारी राखेको जनाएको छ । थापा सुनसरी निर्वाचन क्षेत्र नम्बर-२ बाट उम्मेदवार छन् ।



आयोगमा परेका पाँच उजुरीमध्ये तीन वटा उजुरी भने खारेज भइसकेका छन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर-२ बाट रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकविरुद्ध परेको उजुरी खारेज गरिएको हो ।

यसैगरी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध परेको उजुरी पनि निर्वाचन आयोगले खारेज गरेको छ । नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवार छन् । 





  • प्रकाशित मिति : ८ माघ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया