६ फागुन, २०८२ बुधबार
Feb. 18, 2026

जोशीको एकल चित्रकला प्रदर्शनी

ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला प्रदर्शनी गरेका छन् ।

बबरमहल स्थित सिद्धार्थ आर्ट ग्यालरीमा उनको पाँच दिनदेखि निरन्तर चित्रकला प्रदर्शन गरिरहेका छन् । ‘एन ओड टू द भ्याली’ शीर्षकमा राखिएका उनका चित्रले रङ्गको सौन्दर्यसँगै गाउँले जीवनशैलीको महत्त्वलाई दर्साएको छ भने काठमाडौँ उपत्यकाको वास्तुकला सम्पदा र यहाँको दैनिकीबारे पनि चित्र प्रस्तुत गरिएका छन् । 



प्रदर्शनी नेवार वास्तुकला चित्रित भित्ताहरूबाट लिइएको छ, जहाँ चित्रकला केवल सजावटी मात्र नभई दैनिक जीवनमा निहित एक अभिन्न सांस्कृतिक र अनुष्ठान अभ्यास रहेको चित्रकार जोशीको भनाइ छ । 

ग्यालरीका निर्देशक सङ्गीता थापाले जोशीका चित्रहरू द्रुत रूपमा फैलिएको सहरी रुपान्तरणमा गाउँले परिवेशको सौन्दर्य र नेपाली पनको गरिमा बढाउने बताइन् । उनले जोशीका चित्रहरूले परम्परागत शैलीको खोज, अनुसन्धान र नयाँ पुस्तालाई विगतको जीवनशैली अध्ययन गर्न समेत सघाउ पु¥याउने धारणा राखे । जोशीको कला प्रदर्शनीमा प्रमुख अतिथि भएका रवीन्द्र पुरीले सम कालीन कलात्मक अभ्यासलाई जोड दिँदै इतिहास, श्रमको महिमा कलामा समेटिनुपर्ने बताए । जोशीका चित्रले ग्रामीण जीवनको वैज्ञानिक अर्थसमेत महसुस गराउन सकेको उनको भनाइ छ । 



प्रदर्शनी आगामी फागुन छ (फेब्रुअरी १८) गतेसम्म जारी रहनेछ ।



  • प्रकाशित मिति : ९ माघ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया