६ फागुन, २०८२ बुधबार
Feb. 18, 2026

जिम्बाब्वेविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

आइसिसी टी-२० विश्वकप ग्लोबल छनोटमा लगातार दोस्रो खेल गुमाएको नेपाल शनिबार तेस्रो खेल खेल्दै छ । नेपाल तेस्रो खेलमा जिम्बाब्वेको सामना गर्न लागेको हो । यी दुई टिम पहिलो पटक अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा आमनेसामने हुँदै छन् । 

प्रतियोगितामा नेपाल पहिलो खेलमा थाइल्याण्ड तथा दोस्रो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । शनिबारको खेल नेपालका लागि अति महत्त्वपूर्ण छ । जिम्बाब्वेसँग पराजित भएको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । तर, नेपाललाई फाइदाको कुरा के छ भने जिम्बाब्वे खराब लयबाट गुज्रिरहेको छ । 



आइसिसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत दुई खेल खेल्दा दुवैमा पराजय बेहोरेको नेपाली महिला क्रिकेट टिम शनिबार जिब्बाब्वेविरुद्ध तेस्रो खेल खेल्दै छ । यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा दिउँसो १ बजेदेखि सुरु हुुने तालिका छ । अन्तर्राष्ट्रिय स्तरमा पहिलो पटक एक अर्काको सामना गर्न लागेका दुवै टोली प्रतियोगितामा जित विहीन छन् । 

शनिबारको खेल गुमाउने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजयी हासिल गर्ने टिमको सुपर सिक्स सम्भावना जीवितै रहनेछ । त्यसैले पनि यो खेल दुवै टोलीका लागि अति महत्त्वपूर्ण छ । जिम्बाब्वे नेपालभन्दा अन्तर्राष्ट्रिय टी-२० वरियतामा पाँचौँ स्थान माथि छ । जिम्बाब्वे वरियतामा माथि भए पनि नेपाललाई घरेलु कन्डिसनको राम्रो फाइदा उठाउँदै खेलमा विजयी हासिल गर्न सक्छ । 



पहिलो पटक टी-२० विश्वकप ग्लोबल छनोट खेलिरहेको नेपालले विश्वकपको यात्रा कायमै शनिबारको खेल जित्नै पर्नेछ दबाब छ । १० राष्ट्र सहभागी प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ, जहाँबाट अहिलेसम्म नेदरल्याण्ड्स तीन खेलमा लगातार विजयी हासिल गर्दै सुपर सिक्समा प्रवेश भइसकेको छ । त्यस्तै, दुई खेल खेल्दा दुवैमा जित हासिल गरेको थाइल्याण्डको सुपर सिक्स पनि लगभग पक्का जस्तै छ । 

बाँकी एक स्थानको लागि भने तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ । विश्वकप छनोटमा लगातार दुई खेलबाट पराजित यात्रा सुरु गरेको नेपालले सुपर सिक्समा स्थान बनाउन बाँकी दुवै खेल राम्रो रन रेटकासाथ जित्नु पर्नेछ, जसका लागि नेपालले पहिलो दुई खेलको कमि कमजोरीलाई सुधार्दै सानदार कमब्याक गर्नु पर्नेछ । 

प्रतियोगितामा दुवै समूहका शीर्ष तीन-तीन टोली सुपर सिक्समा प्रवेश गर्दै एक अर्काबीच प्रतिस्पर्धा गर्नेछन्, जहाँबाट टप फोरमा स्थान बनाउने टोली आसन्न टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् । आउँदो महिला टी-२० विश्वकप १२ जुनदेखि इंग्ल्याण्डमा आयोजना हुँदै छ । 

समग्र रुपमा बलियो मानिएको जिम्बाब्वेले प्रतियोगितामा भने निराशाजनक प्रदर्शन गरेको छ । उसले विश्वकप ग्लोबल छनोटमा तीन खेल खेल्दा तीनैमा पराजय बेहोरेको छ । जिब्बाब्वे पहिलो खेलमा नेदरल्याण्ड्ससँग २२ रन, दोस्रो खेलमा थाइल्याण्डसँग १ रन तथा तेस्रो खेलमा स्कटल्याण्डसँग ५ विकेटले पराजित भएको थियो । शनिबार नेपालविरुद्ध हुने खेल उसको समूह चरणको अन्तिम खेल हो । 



प्रतियोगिताबाट लगभग बाहिरिसकेको जिम्बाब्वे अन्तिम खेलमा विजयी हासिल गर्दै सुखद अन्त्य गर्ने सोचमा हुनेछ । त्यस्तै, खराब लयबाट गुज्रिरहेको जिम्बाब्वेमाथि सानदार जित हासिल गर्दै नेपाललाई सुपर सिक्स यात्रा कायमै राख्ने राम्रो मौका छ । खेल शनिबार भएकाले पनि नेपालले घरेलु दर्शकको राम्रो साथ पाउनेछ । प्रतियोगितामा नेपाल चौथो तथा अन्तिम खेल २६ जनवरीमा स्कटल्याण्डविरुद्ध खेल्नेछ ।

  • प्रकाशित मिति : ९ माघ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया