६ फागुन, २०८२ बुधबार
Feb. 18, 2026

असन्तुष्ट एमाले ओखलढुंगाको नेतृत्व नेकपामा समाहित

नेकपा एमाले पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै  पार्टीबाट विद्रोह गरेर सामूहिक रूपमा पार्टी परित्यागको एमाले ओखलढुंगाको नेतृत्व नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ।

शुक्रबार आयोजित एक कार्यक्रमबीच नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सो पार्टीमा भित्र्याएका हुन् ।



जिल्ला कमिटी अध्यक्ष ज्ञानबहादुर खड्का (जीबी)को नेतृत्वमा पदाधिकारी र सदस्यहरू गरी ३८ जना नेता–कार्यकर्ताले शुक्रबारको मितिदेखि लागू हुनेगरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र अहंकारी नेतृत्व शैलीका कारण पार्टीभित्र बस्न नसकिने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ। विशेष गरी आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने क्रममा जिल्ला कमिटीको निर्णय र कार्यकर्ताको भावनालाई पूर्ण रूपमा उपेक्षा गरिएको उनीहरूको आरोप छ ।



जिल्लाबाट सर्वसम्मत रूपमा सिफारिस भएका नामहरूलाई लत्याउँदै ओलीले व्यक्तिगत निकटताका आधारमा अस्मिता थापालाई उम्मेदवार बनाएपछि विवाद उत्कर्षमा पुगेको थियो ।



  • प्रकाशित मिति : ९ माघ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया