यो विश्वकपमा भारतको पहिलो हार, इंग्ल्यान्ड ३१ रनले विजयी

काठमाडौं – जारी विश्वकपको ३८ औं खेलमा आइतबार इंग्ल्यान्डले भारतलाई ३१ रनले पराजित गरेको छ । पहिले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको इंग्ल्यान्डले भारतलाई ३३८ रनको लक्ष्य दिएको थियो । 

खेलमा भारतीय ब्याट्सम्यान रोहित शर्माले १०२ रन जोडे । यो उनको यो विश्वकपमा तेस्रो शतक हो । उनको करिअरको यो २५ औं यो शतकले पनि भारतलाई जित दिलाउन सकेन । भारतका अन्य खेलाडी सस्तैमा समेटिए । ऋषभ पन्त ३२, हार्दिक पाण्डेय ४५, विराट कोहली ६६ रनमा पेभेलियन फर्किए । कोहलीले दोस्रो विकेटका लागि रोहितसँग १३८ रनको साझेदारी गरेका थिए । यो कोहलीको यो विश्वकपमा लगातार पाँचौ अर्धशतक हो । उनी लगातार पाँच अर्धशतक प्रहार गर्ने पहिलो कप्तान बनेका छन् । 

यसअघि कोहलीले अष्ट्रेलियाविरुद्ध ८२, पाकिस्तानविरुद्ध ७७, अफगानिस्तानविरुद्ध ६७ तथा वेस्टइन्डिजविरुद्ध ७२ रनको पारी खेलेका थिए । 

खेलमा तेस्रो ओभरमा नै भारतले पहिलो विकेट गुमाएको थियो । लोकेश राहुलले खाता पनि नखोल्दै पेभेलियन फर्किएका थिए ।

खेलको पहिलो इनिङमा इंग्ल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर ३३७ रन बनाएको थियो । यसका लागि जोनी बेयस्ट्रोले १११ रनको पारी खेले । यो विश्वकपमा उनको यो पहिलो शतक हो । बेन स्टोक्सले ७९ रन बनाए । भारतका लागि मोहम्मद शमीले पाँच विकेट लिए । 

इंग्ल्यान्डका कप्तान इयान मोर्गनले भने आजको खेलमा राम्रो प्रदर्शन गर्न सकेनन् । उनी एक रन बनाएर पेभेलियन फर्किए । उनको विकेट केदार जाधवको क्याचका कारण गएको थियो । 





  • प्रकाशित मिति : असार १५, २०७६ आइतबार २३:३६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया