ट्रम्पकी प्रेस विज्ञ र उत्तर कोरियाली सुरक्षा अधिकारीको ‘फाइट’

एजेन्सी– अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी नयाँ प्रेस विज्ञ स्टेफाइन ग्रिसामको एउटा भिडियो अहिले अन्तर्राष्ट्रिय सन्चारमाध्यममा हट केक बनेको छ । उनी उत्तर कोरियाली सुरक्षा अधिकारीहरुसँग आक्रोशित भएर प्रस्तुत भएको यो भिडियो आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उन भेट्दाको हो । 

ट्रम्प र किम भेट्ने तय भएको ठाउँमा पत्रकारहरु हतारिँदै जाँदा स्टेफाइन पनि दौडिँदै थिइन् । तर, उनको बाटोमा अवरोध बने, उत्तर कोरियाली सुरक्षा अधिकारी । त्यहाँ हतारहतारमा हुँदा स्टेफाइन घाइते समेत भएको बिबिसीले जनाएको छ । 

दुई कोरियाबीचको सीमामा अन्य पत्रकारहरुलाई निर्देशन गरिरहेको देखिएकी स्टेफाइन पछि राष्ट्रपति ट्रम्पसँग पनि देखिएकी थिइन् । 

ट्रम्पले आइतबार अचानक र अप्रत्याशित रुपमा उत्तर कोरियाली नेता किमलाई भेटेका थिए । शनिबार मात्र ट्रम्पले किमसँग सीमामा भेट्न चाहेको र हात मिलाउन चाहेको ट्विट गरेका थिए । ट्रम्प राष्ट्रपति पदमा रहँदा उत्तर कोरिया पुग्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् । 

उता, स्टेफाइन चाहिँ यसअघि अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पकी प्रेस विज्ञ थिइन् । उनले ह्वाइट हाउसमा पनि काम गर्ने कुरा गत मंगलबार मात्र मेलानियाले बताएकी थिइन् । यसअघि ह्वाइहाउसकी प्रेस विज्ञ साराह स्यान्डर्स थिइन् । 





  • प्रकाशित मिति : असार १६, २०७६ साेमबार २:१९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया