सेनालाई विमान चलाउन दिने निगमको प्रस्तावविरुद्ध प्रधानमन्त्रीको आक्रोश : सेनाले सक्छ भने आफैँ किन सक्नुहुन्न ?

काठमाडौं– नेपाल वायुसेवा निगमको कर्मचारी युनियनका अध्यक्ष तारिणीप्रसाद कोइरालाले चिनियाँ विमान नेपाली सेनालाई चलाउन दिने प्रस्ताव राखेका छन् । निगमको वार्षिक ६१औँ उत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीसामु यो प्रस्ताव राखेका हुन् ।

युनियन अध्यक्ष कोइरालाको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्वीकार गरेका छन् । सो प्रस्तावविरुद्ध आक्रोश पोख्दै प्रधानमन्त्रीले भने, ‘काम नलाग्ने भएकाले सेनालाई दिऊँ भनेको हो ? के सेना कबाडी खाना हो ?’

उनले पाइलट नभएका कारण सेनालाई दिन प्रस्ताव गरेको कि विमान जंगी पोसाकमा मात्र उड्ने भएकाले सो प्रस्ताव राखिएको भन्दै प्रश्नमाथि प्रश्न तेस्र्याए । निगमले विमान चलाउन नसक्नुको कारण माग गर्दै प्रधानमन्त्रीले भने, ‘सेनाले उडाउन सक्छ भने आफैँ किन चलाउन सक्नुहुन्न ?’ 

झन्डै ३७ अर्ब घाटामा रहेको निगम लगातारको घाटाका कारण वाइडबडी विमान खरिद गर्ने क्रममा कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको किस्तासमेत तिर्न सकेको छैन ।





  • प्रकाशित मिति : असार १६, २०७६ साेमबार १५:२६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया