नवाज शरिफले जेलबाट छुट्न विदेशीको सहयोग मागिरहेका छन्ः इमरान खान

एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पूर्वप्रधानमन्त्री नवाज शरिफले आफ्नो रिहाइका लागि विदेशीहरुलाई गुहार्न थालेको बताएका छन् । उनले शरिफका छोराले दुई देशसँग सहयोग मागिरहेको गुनासो गरेका हुन् । 

इमरानले ती दुई देशको नाम त लिएका छैनन् तर आफ्नो देशको विषयमा अरु देशको कुनै पनि हस्तक्षेप आफूलाई स्वीकार्य नहुने उनले बताएका छन् । 

सोमबार साँझ इमरानको यो टिप्पणी टेलिभिजनबाट प्रसारित भएपछि यसले पाकिस्तानमा तरंग ल्याएको छ । 

इमरानले यही विषयमा टिप्पणी गर्दै शरिफलाई नेसनल रिकन्सिलिएसन अर्डिनेन्सका लागि प्रस्ताव नदिने पनि बताएका छन् । यो अर्डिनेन्सन दिएको खण्डमा शरिफ जेलबाट छुट्न सक्छन् । यही प्रावधानअनुसार सन् २००७ मा राष्ट्रपति परवेज मुशर्रफले केही नेताहरुलाई आममाफी दिएका थिए । 

नवाज शरिफ डिसेम्बर २०१८ देखि लाहोरको जेलमा भ्रष्टाचारको एक मुद्दामा सजाय कटाइरहेका छन् ।





  • प्रकाशित मिति : असार १७, २०७६ मंगलबार ९:५८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया