श्रीलंकामा मृत्युदण्ड ब्युँताइएकोमा नेपालमा विरोध

काठमाडौं– श्रीलंकाले मृत्युदण्डको सजायँ ब्युँताउन लागेको भन्दै त्यसको विरोधमा मंगलबार काठमाडौंमा प्रदर्शन भएको छ । एमनेस्टी इन्टरनेसनलगायत विभिन्न अधिकारवादी संघसंस्थाको आयोजनामा महाराजगञ्जस्थित श्रीलंकाली दूतावासअगाडि विरोध प्रदर्शन भएको हो ।  

प्रदर्शनकारीले नेपालका लागि श्रीलंकाली राजदूत स्वर्णा परेरालाई मृत्युदण्डको विरोधमा ज्ञापनपत्र बुझाएका छन् । संसारभरि मृत्युदण्डको विरोध भइरहेका वेला श्रीलंकामा ४२ वर्षपछि सो सजायँ मिन लागू गर्नुपर्‍यो भनेर विरोध गरेको आन्दोलनकारीको भनाइ छ । मृत्युदण्डको सजायँ सुनाइएकाहरूको जीवन रक्षाका लागि उनीहरूले अपिल गरेका छन् । 

गत बुधबार श्रीलंकाली राष्ट्रपति मैत्रीपाल सिरिसेनाले ४२ वर्षपछि मृत्युदण्डको सजायँ पुनः ब्युँताएको घोषणा गर्दै शुक्रबार मृत्युदण्ड दिनका लागि दुईजना जल्लाद नियुक्त गरेपछि अधिकारकर्मीले यसको विरोध गरेका छन् । 

श्रीलंकामा मृत्युदण्डको सजायँ सुनाइएका एक हजार दुई सय ९९ जना छन् । सन् १९७६ यता श्रीलंकामा कसैलाई पनि मृत्यदण्ड दिइएको छैन । 





  • प्रकाशित मिति : असार १७, २०७६ मंगलबार १५:२०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया