विनाकागजात नेपाल बसेको आरोपमा रुसी नागरिक पक्राउ

कास्की– अवैध रुपमा पोखरामा बस्दै आएका एक रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

पर्यटन प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायत कागजातविना बस्दै आएका निकोलाय ओलेगबीच भोर्नोभलाई पोखरा–६ खहरेबाट पक्राउ गरेको हो ।

पर्यटकीयस्थल लेकसाइडमा माला, क्युरियोलगायत सामग्री बेचबिखन तथा अन्य गतिविधिमा संलग्न रहेका उनलाई प्रहरीले आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय पोखरालाई बुझाएको थियो । 

उनलाई मंगलबारै अध्यागमन विभाग काठमाडौं पठाइएको छ । 





  • प्रकाशित मिति : असार १७, २०७६ मंगलबार १६:१९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया