पोखरीमा डुबेर तनहुँमा दुई बालकको मृत्यु

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुच्छ्रे इँट्टाभट्टाको पोखरीमा डुबेर मंगलबार दिउँसो दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विद्यालयबाट फर्कने क्रममा इँट्टाभट्टाभित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । मृतक बालक दाजुभाइ हुन् । 

सोही वडास्थित राधा माध्यमिक विद्यालयमा सुन्दर युकेजीमा र किस्मत नर्सरीमा अध्ययनरत थिए । विद्यालयमा सञ्चालन भइरहेको परीक्षा सकेर घर फर्कने क्रममा पोखरीमा पौडी खेल्दा डुबेका बालकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असार १७, २०७६ मंगलबार १६:४६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया