पूर्वराज्यमन्त्री सन्जय साहलाई जन्मकैद

जनकपुर– धनुषा जिल्ला अदालतले जनकपुरका सन्चारउद्यमी अरुण सिंघानियाको हत्यामा दोषी ठहर गर्दै पूर्वराज्यमन्त्री सन्जय साहलाई जन्मकैदको फैसला सुनाएको छ । 

पूर्वराज्यमन्त्री साहलाई यसअघि पनि जनकपुर बम विस्फोट प्रकरणमा जन्मकैदको फैसला सुनाइएको थियो । सात जनाको ज्यान जानेगरि जनकपुरमा भएको बम विस्फोटको योजनाकारका रुपमा दोषी पाइएपछि साहलाई जन्मकैदको फैसला सुनाइएको थियो । उनी अहिले कारागारमा नै छन् । 

जनकपुरबाट दुईपटक निर्वाचित भएका साह ६ वर्षयता थुनामा छन् ।

मंगलबार न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले साहलाई जन्मकैदको फैसला सुनाएको हो । उनीसँगै मनक लामालाई पनि जन्मकैदको फैसला सुनाइएको छ । साहले निर्देशन दिएर सिंघानियालाई गोली हानेको बयान लामाले अदालतमा दिएका थिए ।

सिंघानियाको हत्या १७ फागुनमा जनकपुरको शिव चोकमा गोली हानेर गरिएको थियो । उनको हत्या आरोपमा साहसहित रामविनोद यादव, अन्सी राइन, योगेन्द्र सहनी, मनक लामा, मुकेश चौधरी, रामकरण यादव ओमप्रकाश यादव पक्राउ परेका थिए । 





  • प्रकाशित मिति : असार १७, २०७६ मंगलबार १९:५०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया