सुदूरपश्चिममा सत्तारुढ दलका सांसद् नै ‘प्रतिपक्ष’

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामि आर्थिक वर्ष २०७६–७७ का लागि ल्याएको बजेटको विरोधमा सत्तारुढ दलकै सांसद्हरु उभिएका छन् । बजेटले सबै क्षेत्रलाई न्याय नगरेको आरोप लगाउँदै उनीहरुले हस्ताक्षर संकलन गरेर मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाएका पनि छन् । 

सरकारले ल्याएको बजेटको विपक्षमा यसअघि देखि नै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अभिव्यक्ति दिइरहेका छन् । यहीबीच सत्तापक्षका २५ सांसद्ले पनि सरकारले बजेट संशोधन गर्नु पर्ने माग गरेका छन् । 

उनीहरुले मन्त्रीहरुले आफूखुसी बजेट वितरण गरेको आरोप लगाएका छन् । बजेट वितरण असमान ढंगबाट भएको भन्दै दबाब दिन हस्ताक्षर गरेको उनीहरुले बताएका छन् । 

सुदूरपश्चिममा ५ असारदेखि अवरुद्ध भएको प्रदेशसभाको बैठक अझै सुचारु हुन सकेको छैन । मंगलबार संसद चल्न नसकेपछि बुधबारका लागि फेरि बैठक बोलाइएको छ ।





  • प्रकाशित मिति : असार १७, २०७६ मंगलबार २०:३७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया