नेकपा प्रवेश गर्ने तयारीमा देवेन्द्र पराजुली र कल्पना धमला

काठमाडौं– नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग एकता गरेपछि असन्तुष्ट बनेका समाजवादी पार्टीका नेता देवेन्द्र पराजुली र कल्पना धमलाले नेकपा प्रवेश गर्ने तयारी गरेका छन् । दुई पार्टी एकतासँगै आफूहरूलाई भूमिकाविहिन बनाइएको भन्दै उनीहरु असन्तुष्ट बनेका थिए ।

नेकपाले बिहीबार उनीहरूलाई पार्टी प्रवेश गराउने भएको छ । आफूहरू नयाँ वैकल्पिक शक्ति त्यो बनाउन हिँडेको, तर सबै एकै ठाउँमा आएपछि कुनमा आबद्ध हुने भन्ने प्रश्न मात्र बाँकी रहेको नेतृ धमलाले बताइन् । 

ततकालीन माओवादीको मूल नेतृत्व अहिले नेकपामा रहेकाले आफहरू पनि त्यहाँ आबद्ध हुन लागेको उनले बताइन् । धमलासँगै नेकपा प्रवेश गर्न लागेका देवेन्द्र पराजुली उनका पति हुन् ।

धमला पूर्वमन्त्री पनि हुन् । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी विज्ञान प्रविधिमन्त्री बनेकी थिइन् । 





  • प्रकाशित मिति : असार १८, २०७६ बुधबार १४:४४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया