एसइईको पूरक परीक्षा आगामी साउन २६ र २७ गते

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले मंगलबार परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसिटको प्रतिलिपी राखी शिक्षा विकास तथा समन्वय एकाइमा फाराम बुझाउन विद्यार्थीलाई आग्रह गरेको छ । 

कार्यालयका अनुसार २०७५ साल चैतमा सञ्चालित एसइई परीक्षामा कुनै दुई विषयमा सी वा सीभन्दा कम ग्रेड आउने विद्यार्थीका लागि ग्रेड वृद्धिका लागि पूरक परीक्षा सञ्चालन गर्न तालिका सार्वजनिक गरेको हो । 

गत चैत महिनामा सञ्चालित एसइई परीक्षामा नियमित समूहबाट सामेल भएका विद्यार्थीले बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा कम ग्रेड आउने वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षा दिन पाउने व्यवस्था गरेको हो । 





  • प्रकाशित मिति : असार १८, २०७६ बुधबार १५:४७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया