विश्वकप टोलीमा नपरेपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

एजेन्सी– भारतीय क्रिकेटका मध्यक्रममा ब्याट्सम्यान अम्बती रायडुले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । विश्वकप क्रिकेट २०१९ का लागि भारतीय टोलीमा नपरेपछि ३३ वर्षे रायडुले राजीनामा गरेका हुन् । 

शिखर धवन र विजय शंकर चोटका कारण विश्वकपबाट बाहिरिँदा समेत आफू सुरुवाती १५ सदस्यीय टोलीमा नपरेकोमा उनले दुःखमनाउ गरेका थिए । धवन र विजयको स्थानमा युवाखेलाडी ऋषभ पन्त र मयंक अग्रवाललाई टिममा समावेश गरिएको छ । 

रायडुले ५५ अन्तर्राष्ट्रिय खेलमा ४७.०५ को औसतले १ हजार ६ सय ९४ रन बनाएका छन् । जसमा ३ शतक र १० अर्धसतक सामेल छन् । एक दिवसीय क्रिकेटमा रायडुले नटआउट रहँदै बनाएको सर्वाधिक योगफल १ सय २४ छ । 





  • प्रकाशित मिति : असार १८, २०७६ बुधबार १६:३३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया