एजेन्सी– बलिउड अभिनेता सलमान खानका प्रशंसकलाई उनको आउँदो फिल्मबारे निकै उत्सुकता हुन्छ । उनको अब आउने फिल्म ‘दबंग ३’ का लागि पनि यस्तै उत्सुकता रहेको भारतीय मिडियाको विश्लेषण रहेको छ । उनको आउने फिल्म दबंग ३ का लागि केही कुराहरु बाहिर आएका पनि छन् ।
त्यहीमध्ये अहिले चर्चामा रहेको विषय हो, उनी यो फिल्ममा टिनएजरको भूमिकामा देखिनेछन् । र, त्यसका लागि सलमानले १५ किलो तौल घटाउने बताएका छन् । फिल्मका विभिन्न स्रोतको हवाला दिँदै भारतीय मिडियाले यसको पुष्टि भएको पनि लेखेका छन् ।
यो फिलम ट्र्याङ्गुलर लभ स्टोरीको फिल्म हुने र यसका लागि चाहिने फ्ल्यासब्याक सिनहरुका लागि सलमानले तौल घटाउने कुरा बाहिर आएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।