[प्रहरी समायोजन] डिएसपीभन्दा तलका पद प्रदेशअन्तर्गत, माथिका पद केन्द्र मातहत राख्ने प्रस्ताव

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी समायोजनको आधार तयार पारिसकेको बताएका छन् । बिहीबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा महानिरीक्षक खनालले अहिलेदेखि नै प्रदेशको अभ्यास गरिरहेको र समायोजनका लागि नेपाल प्रहरी तयारी अवस्थामा रहेको बताए । 

सबै प्रदेशको आवश्यक दरबन्दीबारे प्रारम्भिक तथ्यांक तयार पारेको बताउँदै महानिरीक्षक खनालले अहिले २६ हजार जनशक्ति प्रदेशमा पठाइएको जानकारी दिए ।

बैठकमा गृहसचिव प्रेम राईले नेपाल प्रहरीको समायोजनका क्रममा निजामती कर्मचारीको जस्तो तह बढुवा गर्न नसकिने बताए । समायोजन रोज्ने निजामती कर्मचारीको दुई ग्रेड र एक तह वृद्धि गरिएजस्तै प्रहरीमा पनि गर्नुपर्ने माग उठिरहेका वेला गृहसचिव राईले त्यसो गर्दा अप्ठेरो पर्ने बताए । कस्तो अप्ठेरो पर्ने भने उनले खुलाएनन् ।

समायोजनका क्रममा डिएसपीभन्दा तलका सबै पद प्रदेशअन्तर्गत रहने र माथिका पद केन्द्र मातहत रहने प्रारम्भिक प्रस्ताव तयार पारेको जानकारी दिँदै उनले यसमा थप छलफल गरेर अघि बढ्ने बताए । 





  • प्रकाशित मिति : असार १९, २०७६ बिहीबार ११:३८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया