दीपक मनाङे नेकपा प्रवेश, मनाङेलाई नभई राजीव गुरुङलाई पार्टी प्रवेश गराएको मुख्यमन्त्रीको प्रस्टीकरण

पाेखरा– गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन् । आज एक कार्यक्रम गरी गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा गण्डकी प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङले मनाङेलाई पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले दीपक मनाङेलाई नभई सांसद राजीव गुरुङलाई पार्टी प्रवेश गराएको प्रस्टीकरण दिए । सुध्रन्छु र देशको समृद्धि र विकासमा लाग्छु भन्नेहरुका लागि नेकपा खुला रहेको उनले बताए । मनाङेको प्रवेशसँगै गण्डकी प्रदेशमा नेकपाको दुईतिहाइ पुगेको छ । 

मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन वाम गठबन्धन (हालको नेकपा) को सहयोगमा चुनाव जितेका मनाङेले फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि शपथ लिन पाएका थिएनन् । 

आठ महिना जेल बसेपछि सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने बाटो खोलिदिएसँगै मनाङेलाई प्रदेश सांसदको रुपमा शपथ गराइएको थियो ।





  • प्रकाशित मिति : असार १९, २०७६ बिहीबार १३:२५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया