नेप्से परिसूचक आठ अंकले घट्यो

काठमाडौं– मंगलबार र बुधबार दोहोरो अंकले उकालो लागेको सेयर बजार कारोबारमापक नेप्से परिसूचक बिहीबार भने आठ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ८.२७ बिन्दुले घटेर एक हजार २६०.४७ मा झरेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अंक घटेर २७१.४५ बिन्दुमा झरेको छ । 

नेप्से ओरालो लागे पनि कारोबार रकममा भने वृद्धि भएको छ । कुल १७७ कम्पनीको ८९ लाख ८५ हजार ३ सय ५३ कित्ता सेयर ६७ करोड एक लाख ६९ हजार ९ सय २९मा खरिद–बिक्री भए । 

स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूह सबैको सेयर ओरालो लागेको छ । बैंकिङ ६.५९, होटल २४, विकास बैंक ४.८१, जलविद्युत् १२.५१, वित्त ३.३५, निर्जीवन बिमा ६२.४५, उत्पादन १.४, अन्य ५.६७, लघुवित्त ७.५, जीवन बिमा ५३.९७ र लगानी कोष ०.०३ बिन्दुले घटेको छ । 

स्टकका अनुसार बिहीबार कारोबारका आधारमा सिद्धार्थ इक्विटी फन्ड शीर्ष स्थानमा छ । उक्त योजनाको पाँच करोड ५२ लाख २२ हजार २४७, प्रभु बैंक पाँच करोड ५१ लाख ४३ हजार ७१७, नेपाल बैंक चार करोड ७३ लाख २४ हजर ५४२, नेपाल दूरसञ्चार कम्पनी  तीन करोड ८८ लाख तीन हजार ३९४, मेगा बैंक तीन करोड १६ लाख ६१ हजार ५ सय ६४, प्रिमियर इन्स्योरेन्स तीन करोड १२ लाख दुई हजार ६ सय ५३ र सिभिल बैंक दुई करोड ७३ लाख २१ हजार ३ सय ६८ मा कारोबार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार आज सूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९९ प्रतिशतले कमाए । समिट लघुवित्त वित्तीय संस्था ९.९६, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ९.७६, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ६.४९, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ४.२१ र सिटीएक्सप्रेस फाइनान्स कम्पनीका सेयरधनीले ४.०८ प्रतिशतले कमाए । 

त्यस्तै, युनियन हाइड्रोपावर लिमिटेड ६.५५, प्रुडेन्टियल इस्योरेन्स ५.६१, राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संस्थापक सेयर ४.१६, स्वदेशी लघुवित्त वित्तीय संस्था ३.८१, बेस्ट फाइनान्स कम्पनी ३.८० र सानिमा इक्विटी फन्डका लगानीकर्ताले  ३.७९ प्रतिशतले गुमाए । 





  • प्रकाशित मिति : असार १९, २०७६ बिहीबार १८:३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया