एजेन्सी– क्रिकेट विश्वकपमा आज पाकिस्तान बंगलादेशसँग खेल्दैछ । यी दुई देश विश्वकपमा २० वर्षपछि खेल्न लागेका हुन् । आजको खेल पाकिस्तानका लागि निकै महत्वपूर्ण छ । यही खेलले विश्वकपमा पाकिस्तान रहने वा नरहने भन्ने निर्धारण गर्दै छ ।
अंकतालिकामा पाकिस्तान पाँचौ स्थानमा छ । ८ खेलमा उसले ४ खेल जितेको छ । तीन खेल पाकिस्तानले हारेको छ । अर्कोतिर यो विश्वकपमा बंगलादेशले ३ खेल जितेको छ ।
आजको खेलमा पाकिस्तानले ३ सय ५० रनको टार्गेट दियो र ३ सय ११ रनले जित्यो भने ऊ सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनलमा पुग्न ४ सय रनभन्दा माथिको टार्गेट दिएमा उसले ३ सय १६ रनको अन्तरले जित्नु पर्ने हुन्छ ।
तर, बंगलादेशले टस जितेर पहिले ब्याटिङ रोजेमा पाकिस्तान सेमिफाइनलमा पुग्ने सम्भावना नै अन्त्य हुन्छ । यस्तो अवस्थामा रनरेटको आधारमा न्युजिल्यान्डलाई सेमिफाइनलबाट बाहिर निकाल्न उसले पर्याप्त रन रेट जोड्न सक्दैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।