ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जर सहमति

काठमाडौं– नेपाल राष्ट्र बैंकले मर्जरका लागि दबाब दिएसँगै बैंकहरू आपसमा गाभिने क्रम सुरु भएके छ । जसअनुसार ग्लोबल आइएमई बैंक र जनता बैंक एकआपसमा मर्जर हुने भएका छन् । शुक्रबार राजधानीमा यी दुई बैंकले मर्जर समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यसअघि मेगा बैंक र ग्लोबल आइएमईबीच जर्मको चर्चा थियो, तर आइएमईले जनता बैंकसँग मर्जिङको टुंगो लगाएको छ । ग्लोबल आइएमई बैंक र जनता बैंकबीच समझदारी भएको ग्लोबल आइएमई स्रोतले जानकारी दिएको छ । 

यसअघिराष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले मौद्रिक नीति आउनुअघि सबै बैंकलाई ‘सुहाउँदो जोडी खोज्न’ निर्देशन दिएका थिए ।

ग्लेबल र जनता मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई नै रहने सम्भावना रहेको स्रोतको दाबी छ, यद्यपि यस विषयमा छलफल बाँकी नै रहेकाले अहिले नै यकिन भएको छैन । 





  • प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार १४:५८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया