कम्युनिस्टबाट देश चल्न सक्दैन, अब कांग्रेस तयार हुनुपर्छ : पौडेल

काठमाडौं– नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो सहमति भएमा आफूले नेतृत्वको दाबी नगर्ने बताए । 

पार्टीभित्र सुधार र परिवर्तन आवश्यक रहेको बताउँदै उनले समयमा नै महाधिवेशन गर्नु पर्नेमा जोड दिए । पौडेलले भने, ‘म नहुँदा पनि एकता हुन सक्छ । जसमा एकता हुन्छ छलफलबाट त्यसैलाई नेतृत्व दिनुपर्छ ।’ पार्टीमा सुधार र परिवर्तनको आवश्यकता रहेको भन्दै पौडेलले त्यसका पक्षधरसँग छलफल भइरहेको जानकारी दिए । 

पार्टीले प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले यस विषयमा पार्टीभित्र छलफल भइरहेको बताए । कांग्रेसलाई बलियो बनाउन तलैबाट संगठन मजबुत बनाएर लैजानुपर्ने पौडेलको भनाइ थियो । 

सरकारप्रति आक्रोश पोख्दै पौडेलले अहिलेको नेतृत्वको जनताले विकल्प खोजेको बताए । उनले भने, ‘त्यो विकल्प कम्युनिस्टबाट हुन सक्दैन, अब कांग्रेस तयार हुनुपर्छ ।’ जनताको अगाडि भरोसाका रुपमा का.ग्रेसलाई अगाडि बढाउनुपर्ने भन्दै उनले गणितले केही पनि नगर्ने बताए । पौडेलले भने, ‘नेपाली कांग्रेसको जनाधार र भूमिका महत्वपूर्ण भएकाले अंक गणितले असर पार्दैन ।’

सरकारले आफ्ना पक्षधरलाई मात्र पक्षपोषण गरेर विपक्षीलाई बेवास्ता गरेको आरोप लगाए । 





  • प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार १५:१३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया