काठमाडौं महानगरकी उपमेयर खड्गीलाई हृदयाघात !

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयाघात भएको आशंका गरिएको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएकी छन् । 

उनी सिसियूमा भर्ना भएकी थिइन् । उनलाई एनजिओ ग्रामलगायतको परीक्षण गर्ने तयारी भइरहेको छ । 

अस्पताल स्रोतका अनुसार त्यसपछि हृदयाघात भएको हो कि होइन र हो भने कुन स्टेजको हो भन्ने थाहा हुन्छ । 

छाती गह्रुँगो भएर श्वास–प्रश्वासमा समस्या भएपछि खड्गी अस्पताल आएकी हुन् । 





  • प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार १५:४१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया