कोपा अमेरिकाः अर्जेन्टिना तेस्रो, मेसीलाई रेड कार्ड

एजेन्सी– कोपा अमेरिकामा अर्जेन्टिना तेस्रो भएको छ । आइतबार भएको खेलमा चिलीलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना तेस्रो भएको हो । 

अर्जेन्टिनाका लागि दुवै गोल पहिलो हाफमा भएका थिए । सर्जियो अग्युरो र पउल डिबालाले गरेका दुई गोल नै खेलमा निर्णाय भए । यी गोल क्रमशः १२ औं मिनेटमा र २२ औं मिनेटमा भएका थिए । 

चिलीले खेलमा पेनाल्टीमार्फत् एक गोल फर्काउन सक्यो । चिलीले ५९ औं मिनेटमा पेनाल्टीबाट गोल फर्काएको थियो । यो पेनाल्टी प्रहार भिडालले गरेका थिए ।

खेलमा ३७ औं मिनेटमा अर्जेन्टिनाका लिओनल मेसी र चिलीका ग्यारी मेडालले रेड कार्ड पाए । मेसीले खेल जीवनमा पाएको यो दोस्रो रेड कार्ड हो । उनले यसअघि १४ वर्षअघि रेडकार्ड पाएका थिए ।

कोपा अमेरिकाको ट्रफी उचाल्नका लागि चाहिँ ब्राजिल र पेरु भिड्दैछन् । 





  • प्रकाशित मिति : असार २२, २०७६ आइतबार ९:२८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया