सरकारले लम्पसारवादी नीति लियो : कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारले लम्पसारवादी नीति लिएको आरोप लगाएको छ । 

भारतलगायत मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा सीमा नाकामै विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेर सरकारले घुँडा टेकेको कांग्रेसको आरोप छ । 

आइतबार संसद्मा बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले भने, ‘सरकारले घुँडा टेकेको छ, सरकारले लम्पसारवादी नीति लिएको छ । यो लम्पसारले आमनेपालीको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको छ ।’

विषादी परीक्षण अघि बढाएर सरकारले आमनागरिकलाई विषादीयुक्त खानेकुरा खान दिन्न भन्दा आफूहरुले समर्थन गरेको, तर सरकार स्वयं सो निर्णयबाट पछि हटेको उनले बताए । 

सरकार जनताको स्वास्थ्यमाथि खेलबाड गरेको उल्लेख गर्दै खाणले भने, ‘पहिले किन रोक्नुभयो, पछि किन घुँडा टेकेर खोल्नुभयो ?’





  • प्रकाशित मिति : असार २२, २०७६ आइतबार १५:२४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया