राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव नियुक्तिको तयारी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का निवर्तमान सदस्यसचिव केशवकुमार विष्टको कार्यकाल सकिएपछि अहिले सो पद रिक्त छ । सरकारले सो पदमा रमेश सिलवाललाई नियुक्त गर्ने तयारी गरेको बुझिएको छ । 
 
असार ९ गतेदेखि रिक्त सदस्यसचिव पदका लागि निवर्तमन सदस्यसचिव विष्ट पनि दौडमा थिए । उनीसँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइराला र शिलवाल पनि दाबेदार थिए । 

सिलवाललाई प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेकाले उनले नै बाजी मार्ने सम्भावना प्रबल छ । चीन भ्रमणमा रहेका सिलवाल भ्रमण छोट्याएर नेपाल फर्किएका छन् । फर्किएलगत्तै उनले प्रधानमन्त्री ओलीसँग भेटवार्ता समेत गरिसकेका छन् । सम्भवतः भोलि मन्त्रिपरिषद् बैठकले सिलवाललाई नियुक्ति दिनेछ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्वअध्यक्ष सिलवाल गोल्डेन गेट कलेजका सञ्चालक हुन् । उनले तत्कालीन एमालेसम्बद्ध युवा संघको उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । 





  • प्रकाशित मिति : असार २२, २०७६ आइतबार १६:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया