सञ्चारमन्त्रीमाथि प्रचण्डकाे आश‌ंका : नेपाल टेलिकमलाई कमजोर बनाएर रणनीतिक साझेदार खोज्न लागे

काठमाडाैं– सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

आइतबार राजधानीमा पार्टी निकट नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले नेपाल टेलिकमलाई कमजोर बनाउने गरी नवीकरण दस्तुर तोक्नेलगायतको काम गरिएको भन्दै मन्त्री बाँस्कोटाप्रति असन्तुष्टि जनाएका हुन् ।

नेपाल टेलिकमका लागि रणनीतिक साझेदार खोज्ने काम भइरहेका बेला मन्त्री बाँस्कोटाले स्पष्ट नीति नबनाई नेपाल टेलिकमलाई नै कमजोर बनाउने गरी काम गरिरहेको उनको बुझाइ छ ।

‘यस सम्बन्धमा आइतबार बिहान पनि मन्त्री बाँस्कोटासँग कुरा गरेको थिएँ,’ उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तर नेपाल टेलिकमका कर्मचारीहरूको कुरा सुन्दा मैले फेरि मन्त्रीजीसँग छलफल गर्नुपर्ने भएको छ ।’

नेपाल टेलिकमलाई कमजोर बनाएर रणनीतिक साझेदार खोज्ने काम गरे त्यसले नेपालको राष्ट्रियतालाई कमजोर बनाउने भन्दै अध्यक्ष दाहालले त्यस विषयमा आफूले मन्त्री बाँस्कोटासँग गम्भीर कुरा गर्न लागेको बताए ।





  • प्रकाशित मिति : असार २३, २०७६ साेमबार ८:१४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया