इन्डोनेसियामा वायु प्रदुषण अत्यन्त धेरै, सरकारविरुद्ध जनताले मुद्दा गर्ने

एजेन्सी– इन्डोनेसियाको राजधानी जकार्ता यतिबेला गम्भीर वायु प्रदुषणको समस्या झेलिरहेको छ । यो वर्ष जुनमा जकार्ताको वायु प्रदुषण निकै उच्च रहेको थियो । 

यही कारण त्यहाँका पर्यावरणविद् तथा विभिन्न सामाजिक संस्थाहरु मिलेर सरकारविरुद्ध मुद्दा हाल्ने तयारी गरिरहेका छन् । 

जकार्ताका सामाजिक संस्थाहरुले २५ जुनमा जकर्ताको एयर क्वालिटी इन्डेक्स (एक्यूआइ) मापन गर्दा २४० भन्दा माथि देखिएको थियो । यही समयमा लन्डन तथा अमेरिकी सहर सान फ्रान्सिस्कोको एक्युआई १२ र २६ थियो । 

यो समयमा नेपालमा काठमाडौंको एक्युआई ७५ भन्दा माथि थियो ।

इन्डोनेसियामा चाहिँ सरकारी कर्मचारी, व्यापारी तथा कला क्षेत्रसँग जोडिएका व्यक्तिहरुले सरकारविरुद्ध मुद्दा हाल्ने भएका हुन् । यसको अर्थ त्यहाँका राष्ट्रपतिको पद पनि धरापमा पर्न सक्छ । 

तर, सरकारले जकार्ताको एक्युआई भनिएको जस्तो खराब नभएको बताउँदै आएको छ । सरकारले रियल टाइम रिपोर्ट फरक पर्न सक्ने दाबी गरिरहेको छ ।





  • प्रकाशित मिति : असार २३, २०७६ साेमबार ९:५९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया