इरानको रिभोलुसनरी गार्डस् कर्प (आईआरजीसी) ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयलाई निशाना बनाएर मिसाइल प्रहार गरिएको जनाएको छ ।
फार्स समाचार एजेन्सीले दिएको जानकारीअनुसार आक्रमणमा खैबर नामक मिसाइल प्रहार गरिएको छ ।
सोमबार जेरुसेलम माथि लगातार विस्फोट सुनिएको एएफपीका पत्रकारहरूले बताएका छन् । इजरायली सेनाले इरानतर्फबाट नयाँ मिसाइल प्रहार भएको भन्दै हवाई प्रतिरक्षा प्रणाली सक्रिय रहेको जनाएको छ ।
‘केही समयअघि इरानबाट इजरायलतिर प्रक्षेप्यात्र प्रहार भएको पहिचान भएको छ । खतरालाई अवरोध गर्न हाम्रो रक्षा प्रणाली सक्रिय छ,’ इजरायली सेनाले वक्तव्यमार्फत जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।