काठमाडौँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल केसीलाई समर्थन गर्दै अनुप बोहराले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । युवा पुस्ताको आवाज संसद्सम्म पुर्याउने उद्देश्यका साथ राजनीतिमा सक्रिय रहँदै आएका बोहराले देशमा विद्यमान भ्रष्टाचार, कुशासन र पुराना राजनीतिक प्रवृत्तिविरुद्ध साझा एजेन्डा बोकेको शक्तिलाई बलियो बनाउने उद्देश्यले उम्मेदवारी फिर्ता लिएको बताए ।
उनले भने, 'व्यक्तिगत महत्वाकांक्षाभन्दा देशको भविष्य ठूलो हो। परिवर्तन चाहने सबै शक्ति एक ठाउँमा उभिनु आजको आवश्यकता हो। त्यसैले काठमाडौँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुनिल केसीलाई समर्थन गर्ने निर्णयमा पुगेको हुँ।'
बोहराले युवाको विश्वास जित्न सक्ने, पारदर्शी र उत्तरदायी राजनीतिक अभ्यासको पक्षमा रास्वपा उभिएको उल्लेख गर्दै मतदातालाई परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
उम्मेदवारी फिर्तासँगै बोहराले आफ्नो अभियान, समर्थक र शुभेच्छुकहरूलाई सुनिल केसीको पक्षमा एकजुट भई लाग्न आह्वान गरेका छन्। उनले सडकदेखि संसद्सम्म सुशासन र जवाफदेहिताको लडाइँ जारी रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
काठमाडौँ–२ मा यो निर्णयले चुनावी समीकरणलाई थप रोचक बनाउने राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।