२४ फागुन, २०८२ आइतबार
March 8, 2026

इरानले तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राखे सैन्य कारवाही गर्ने साउदीको चेतावनी

साउदी तेल प्रशोधन केन्द्रमा इरानले गरेको आक्रमणले साउदी अरबबाट सैन्य प्रतिक्रिया हुनसक्ने साउदी सरकार निकट स्रोतले सोमबार एएफपीलाई बताएको छ ।

साउदी अरबको खाडी तटमा रहेको विशाल रास तनुरा रिफाइनरीमा सोमबार दुई वटा ड्रोनद्वारा आक्रमणपछि यो आंशिक रूपमा बन्द भएको छ ।



स्रोतले सरकारी तेल कम्पनीलाई सङ्केत गर्दै एएफपीसँग भनेको छ, 'यो इरानको नेतृत्वले अरामकोमाथि प्रत्यक्ष आक्रमण गरेको हो वा गलत लक्ष्यमा ड्रोनले आक्रमण गरेको हो भन्ने कुरामा निर्भर पर्छ,' स्रोतले भनेको छ, 'मलाई लाग्छ कि यो चरणमा साउदी अरबले हेर्नेछ र पर्खनेछ।'

यदि इरानले साउदी अरबका तेल कम्पनीहरू विरुद्ध लक्षित अभियान सुरु गरेको रूपमा हेरियो भने सैन्य प्रतिशोध एक सम्भावित विकल्प हुनेछ। साउदी अरब विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता हो ।



स्रोतका अनुसार यदि इरानले अरामकोमाथि आक्रमण गर्‍यो भने साउदी अरबले इरानका तेल प्रशोधन केन्द्रलाई निशाना बनाउनेछ ।



  • प्रकाशित मिति : १८ फागुन, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया