काठमाडाैं– मलेसियालाई पराजित गर्दै नेपाल एसिसी यू १९ इस्टर्न रिजन क्रिकेटकाे फाइनलमा प्रवेश गरेकाे छ । साेमबार मलेसियामा भएकाे खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएकाे हाे ।
टस जितेर मलेसियालाई ब्याटिङ्गकाे निम्ताे दिएकाे नेपालले ८८ रनकाे लक्ष्य पाएकाे थियाे । मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन जाेडेकाे थियाे ।
नेपालले याे लक्ष्य १९.५ ओभरमा पुर्यायाे । नेपालका लागि भीम शार्कीले ३३, राेहित कुमार पाैडेलले ३१ र पवन सर्राफले १८ रनकाे याेगदान दिए ।
नेपालका लागि सागर ढकालले ३, कुशल मल्लले २ तथा रसिद खान, कमल सिंह ऐरी र तिलक राज भण्डारीले १–१ विकेट लिए ।
नेपालले फाइनलमा सिङ्गापुर र हङ्गकङ्गबीच हुने खेलकाे विजेतासँग खेल्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।