काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा आइतबार साँझदेखि नै सवारी साधनहरूको भिड लागेको छ । अधिकांश पम्पहरूमा लामो लाइन देख्न सकिन्छ ।
शनिबारदेखि मध्यपूर्वमा इरान र इजरायल बिचको बढ्दो तनावले उग्र रूप लिएसँगै खाडीका अधिकांश मुलुकहरू समेत त्यसको चपेटमा परेपछि त्यसैको प्रभाव स्वरूप नेपालमा समेत इन्धन अभाव हुन सक्ने जोखिम बढेको छ । जसका कारण सवारी धनीहरू इन्धन भर्न लामबद्ध हुने गरेका हुन् ।
मंगलबार पनि धेरै ठाउँमा भिड लागेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।