के रोहित शर्माले अब यी रेकर्ड्स बनाउलान् ?

एजेन्सी– अहिले बेलायतमा क्रिकेट विश्वकप चलिरहेको छ । यो विश्वकपमा अरु सबै खेलाडीभन्दा राम्रो फर्ममा देखिएका छन्, भारतका रोहित शर्मा । यो उनका लागि विशेष विश्वकप हुने निश्चित भएको छ । 

इंग्ल्यान्डको पिचमा रोहित शर्माले यसपटक गजब गरेका छन् । उनले एक दिवसीय क्रिकेटको र्यांकिङमा आफ्नो नामलाई दोस्रो नम्बरमा पुराएका पनि छन् । 

रोहितले यो विश्वकपमा सबैभन्दा बढी ६ सय ४७ रन जोडिसकेका छन् । अझ गजब त के भने उनले पाँच शतक प्रहार गरिसकेका छन् । 

अब मंगलबार भारत र न्युजिल्यान्डबीच सेमिफाइनल हुँदैछ । के त्यो खेलमा रोहितले यी रेकर्ड बनाउलान् ? क्रिकेट पण्डितहरु यसबारे छलफल गर्न सुरु गरिसकेका छन्ः

३२ वर्षका रोहितले विश्वकपमा सबैभन्दा धेरै रन बनाउने रेकर्ड बनाउन सक्छन् । रोहितले सेमिफाइनलमा २६ रनमात्र प्रहार गरे भने पनि उनले सचिन तेन्दुल्करलाई पछाडि पार्नेछन् । तेन्दुल्करले सन् २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए ।

रोहितले सेमिफाइनलमा ५३ रन जोड्न सके भने एउटै विश्वकपमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान पनि उनी बन्नेछन् । ५३ रन बनाएको खण्डमा उनको ७०० रन हुनेछ । 



रोहित शर्माले यो विश्वकपमा तीन वटा शतक लगातार प्रहार गरेका छन् । अब उनीसँग विश्वकपमा चारवटा लगातार शतक लगाउने र रेकर्ड बनाउने सम्भावना पनि छ । यसअघि श्रीलंकाका ब्याट्सम्यान कुमार संगकाराले सन् २०१५ को विश्वकपमा लगातार चार शतक प्रहार गरेका थिए ।

रोहितले विश्वकपका खेलमा ६ शतक लगाएका छन् । यीमध्ये पाँच त यही विश्वकपमा लगाएका हुन् । उनी अहिले सचिनसँग विश्वकपमा सबैभन्दा धेरै शतक प्रहार गर्ने खेलाडीको सूचीको एक नम्बरमा छन् । सचिनले विश्वकपमा ४४ पारी खेलेर ६ शतक प्रहार गरेका थिए भने रोहितले १६ पारीमा नै यो रेकर्ड छोएका छन् । 



रोहितसँग विश्वकप इतिहासमा आफ्ना लागि एक हजार रन पूरा गर्ने मौका पनि रहेको छ । यसका लागि उनलाई अब २३ रनको मात्र बाँकी छ । यदि यसमा उनी सफल भए विश्वकपमा एक हजार रन हान्ने उनी चौथा भारतीय ब्याट्सम्यान हुनेछन् । 

  • प्रकाशित मिति : असार २३, २०७६ साेमबार १३:३६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया