इरानको राष्ट्रपति कार्यालय परिसरमा आफ्नो वायुसेनाले हमला गरेको इजरेलले दाबी गरेको छ । टेलिग्राममा राखिएको एउटा वक्तव्यमा आईडीएफले राष्ट्रपति कार्यालय तथा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्माथि गोलाबारुद खसालिएको जनाएको छ ।
आईडीएफका अनुसार इरानका भूतपूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले त्यो परिसरको प्रयोग गर्ने गरेका थिए । गत शनिबार अमेरिकी-इजरायल हमलामा खामेनी मारिएका थिए ।
इरानमा मृतकको सङ्ख्या ७८७ पुग्यो
इरानमा अमेरिका र इजरेलको संयुक्त आक्रमण सुरु भएयता मारिने मानिसहरूको सङ्ख्या ७८७ जना पुगेको छ । शनिबारयता तेहरानका प्रत्येक भागहरूमा आक्रमण भएको छ ।
इजरायलले इरानसँगै लेबनानको राजधानी बेरुतमामा पनि आक्रमण जारी राखेको छ । इजरायलको सेनाले इरानको सहयोगी सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध हवाई आक्रमण भइरहेको बताएको छ ।
यसअघि अमेरिकाको मध्यस्थतामा दुई पक्षबीच भएको युद्धविराम पछिल्ला आक्रमणले सङ्कटमा परेको छ ।आक्रमणपछि बेरुतका हजारौँ बासिन्दाहरू घर छोडेर भागिरहेका छन् । इजरायलले थप हजारौँ मानिसहरूलाई सीमा क्षेत्रका गाउँबाट बाहिरिन चेतावनी दिएको छ । लेबननको सेना दक्षिणी क्षेत्रबाट पछि हटिरहेको विवरण आएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।