२४ फागुन, २०८२ आइतबार
March 8, 2026

खोटाङमा तारजालीसहितको मतगणनास्थल तयार

खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको छ । कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीको टोली मतदानस्थलमा खटाएसँगै कार्यालयले दिक्तेलमा मतगणनास्थल तयार पारेको हो ।

जिल्ला अदालत दिक्तेलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले अदालतकै तीन कोठालाई प्रयोग गरेर मतगणनास्थल तयार पारेको छ । अदालतको तीन कोठामध्ये एक कोठामा मत पेटिका भण्डारण गर्ने र दुई कोठामा मत गणना हुने सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले जानकारी दिए ।



मत गणनाका लागि अदालतको दुई कोठालाई तार जालीले  विभाजन गरिएको छ । तारजालीको पाटेसनमा कर्मचारी भित्रबाहिर गर्नका लागि ढोका बनाइएको छ । यही फागुन–२१ गते देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सोही दिन साँझदेखि मतगणनास्थलमा मतपेटिका आउन थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा एक लाख ४७ हजार १२० मतदाताले यो निर्वाचनमा मतदान गर्दै छन् । यहाँ १३ राजनीतिक दल र दुई स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।





  • प्रकाशित मिति : १९ फागुन, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया