पूर्वगृहमन्त्री शर्माको प्रस्तावः एआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाऔँ

पूर्वगृहमन्त्री एवं सत्तारूढ दल नेकपा नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरेका छन् । 

सोमबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा बोल्दै उनले प्रदेशका अन्य प्रहरी दर्जाको नियुक्ति प्रदेश प्रहरीले गर्न पाउनुपर्ने तर्क गरे । 

मुलुक संघीयतामा गएकाले प्रमुख बाहेकका प्रदेश प्रहरीको अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश प्रहरीलाई दिन उपयुक्त हुने उनको सुझाब छ । 

सरकारले प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक राख्ने प्रस्ताव गरेको छ । त्यसमा कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले सहमति जनाएका थिए । बडुले प्रदेश प्रमुखबाहेकका अन्य पदमा भने प्रदेश प्रहरीले नियुक्ति गर्ने कानुनी व्यवस्था गर्नुपर्ने माग सरकारसँग गरे ।





  • प्रकाशित मिति : असार २३, २०७६ साेमबार १६:१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया