काठमाडौं– बेलायतमा जारी क्रिकेट विश्वकप २०१९ को आज पहिलो सेमिफाइनल हुँदैछ । पहिलो सेमिफाइनलका लागि अंक तालिकाको शीर्ष स्थानमा रहेको भारत र चौथौं स्थानमा रहेको न्युजिल्यान्डबीच खेल हुँदैछ ।
यी दुई टिम १६ वर्षपछि विश्वकपमा एकअर्कासँग खेल्दैछन् । यसअघि यी दुई टिमबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।
सन् २००३ को विश्वकपपछि पहिलो पटक आज (मंगलबार) यी दुई टिम मैदानमा उत्रिँदै छन् । यसभन्दा पहिले यी दुई टिमले पछिल्लो एक दिवशीय सिरिज खेलेका थिए । न्युजिल्यान्डमा नै खेलिएको त्यो सिरिजमा भारत ४–१ ले विजयी भएको थियो ।
त्यो सिरिजको कप्तानी चाहिँ भारतीय ब्याट्सम्यान रोहित शर्माले गरेका थिए ।
यतिमात्र होइन, यी दुई देशबीच खेलिएका पछिल्ला सात एक दिवशीय खेलमा भारतले ६ खेलमा जित निकालेको थियो ।
तर, भारत र न्युजिल्यान्डबीच विश्वकपमा भएका खेलमा चाहिँ न्युजिल्यान्ड बलियो देखिँदै आएको छ ।
यी दुई देशबीच अहिलेसम्म विश्वकपमा सात खेलमा प्रतिस्पर्धा भएको छ । तीमध्ये चार खेलमा न्युजिल्यान्डले जित निकालेको छ भने भारतले तीन खेलमा ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।