एजेन्सी– ९६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले हङकङमाथि सहज जित हासिल गरेको छ । नेपालले छ विकेटले हङ्गकङ्गलाई पराजित गरेकाे हाे ।
नेपालले पाएकाे याे टार्गेट १६.१ ओभरमा नै भेट्ट्यायाे ।
एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा हङकङलाई हराएसँगै नेपाल यू–१९ एसिया कपमा छनोट भएको छ ।
नेपालले मंगलबार हङकङलाई ४३.१ ओभरमा अल आउट गरेको थियो । हङकङले आफ्ना सबै विकेट गुमाउँदा ९५ रनमात्र बनाउन सफल भयो ।
टस जितेर बलिङ रोजेको नेपालका लागि सागर ढकालले उत्कृष्ट प्रदर्शन गरे । उनले ५ विकेट लिए । एक रन पनि नबनाउँदै हङकङले २ विकेट गुमाएको थियो ।
अब २८ अगस्टदेखि हुने एसिया कपमा नेपालले सहभागिता जनाउनेछ । श्रीलंकामा हुने याे प्रतियाेगितामा अन्य ७ देश खेल्दैछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।