नेविसंघले प्रधानमन्त्रीलाई बुझायो विषादीयुक्त तरकारी उपहार

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ । नेविसंघले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत मंगलबार प्रधानमन्त्री ओलीलाई भारतबाट आयातित विषाक्त तरकारी तथा फलफूल उपहार स्वरुप पठाएको हो ।

भारतबाट निर्यात हुने तरकारी परीक्षण नगर्ने सरकारको निर्णयका विरुद्ध घोषणा गरिएको चरणबद्ध आन्दोलनअन्तर्गत प्रधानमन्त्री ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।
 
गत आइतबार नेविसंघले मंगलबार देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने घोषणा गरिएको थियो । आन्दोलनअन्तर्गत नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि विषाक्त तरकारी तथा फलफूल प्रदर्शन गरेको थियो । 

बुधबार विषाक्त तरकारी, फलफूल बहिष्कार कार्यक्रम तथा प्रचार–प्रसार र पर्चा वितरण गरिने नेविसंघले जनाएको छ । नेविसंघले असार २६ गते मसाल जुलुस र असार २७ गते मइती घरमा बृहत् प्रदर्शन तथा सभाको आयोजना गर्ने जनाएको छ ।





  • प्रकाशित मिति : असार २४, २०७६ मंगलबार १७:११:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया